७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेरुडे मिर्मिरे लघुवित्तको नाफामा उछाल, वितरणयोग्य मुनाफा ऋणात्मक


२७ वैशाख, काठमाडाैं । मर्जरमा गएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएकाे छ । जुन नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २०१.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १६१.८७ प्रतिशत बढेर ६४ करोड ५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यस्तै, संचालन नाफा पनि १७५.१० प्रतिशत बढेर २५ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीकाे वितरणयोग्य मुनाफा १२ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेकाे छ ।

कम्पनीकाे खराब कर्जा पनि २.९१ प्रतिशत बढेर १२.६९ प्रतिशत पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ र जगेडा कोषमा१ अर्ब २२ करोड ७४ लाख रुपैयाँ रहेकाे छ । समीक्षा अवधिसम्म कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ५८ पैसा छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार १२:४०