८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा बढ्यो, यस्तो छ अन्य सूचकको अवस्था

२७ वैशाख, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिकाे तुलनामा १०२.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४६ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ८ करोड ७६ लाख र रिटेन्ड अर्निङ ५५ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८ रुपैयाँ ३५ पैसा, मूल्य आम्दानी अनुपात ६१.३१ गुणा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३५ पैसा रहेको छ।

प्रकाशित मिति : May 9, 2024 at 10:40 am