सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द
२५ वैशाख, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तरिम लाभांश रद्द गरेको छ । नेपाल बीमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि वैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो।
इन्स्योरेन्सको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीकाे २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) अन्तरिम लाभांश वितण गर्ने निर्णय गरेको थियो। सोही लाभांश प्राधिकरणले वितरण नगर्न निर्देशन दिएपश्चात रद्द गरिएको हो।
प्रकाशित मिति : May 7, 2024 at 10:30 am









