६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

समृद्धि फाइनान्सद्धारा विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण


२५ वैशाख, काठमाडौं । समृद्धि फाइनान्सले वनेपा शाखा र मधुवन शाखाबाट विपन्न वर्गका विद्यार्थिलाई स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २० गते बिहिवार वनेपाको शिक्षा सदन माध्यमिक विद्यालयका ४० जना र गत सोमबारको दिन मधुवन शाखाबाट जनता माध्यमिक विद्यालयका ३० जना विद्यार्थिलाइ कापी र कलम वितरण गरेकोे हो ।

फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये स्टेशनरी वितरण कार्यक्रम अन्तर्गत विपन्न वर्गका ७० विद्यार्थिलाइ कापी र कलम वितरण गरेको हो । साथै बैशाख महिना भित्र आफ्ना औरही, गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसका साथै मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार ०९:५०