५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जाल्पा सामुदायिक लघुवित्तको नाफा ६२ लाख ८१ हजार


२३ वैशाख, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ६२ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३ करोड ९२ लाख घाटामा थियो ।

चालु आवको तेस्रो त्रैमाससम्ममाकम्पनीले २० करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२.७० प्रतिशतले कम हो । अघिल्लो आवकाे साेही अवधिसम्ममा कम्पनीले २३ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६ करोड ११ लाख रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड २७ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने २६ करोड ८३ लाख रुपैयाँ राखेको छ । कम्पनीकाे खराब कर्जा अनुपात ७.४२ प्रतिशतबाट घटेर ७.३९ प्रतिशतमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५८ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ २८० रुपैयाँ २४ पैसा कायम भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १४:५४