१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

समृद्धि फाइनान्सका ग्राहकहरुलाई कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा भारी छुट


२१ वैशाख, काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले बैशाख २० गते कालिन्चोक बुक्स एण्ड स्टेशनरी, पुतलिसडक काठमाण्डौसँंग समझदारी गरेको छ ।

उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले वैशाख २१ गतेदेखि समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा CIPS प्रयोग गरि उक्त स्टेशनरीमा कुनै पनि किताबको भुक्तानी गर्दा २० देखि २५% छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र कालिन्चोक बुक्स एण्ड स्टेशनरी मातर्फबाट संस्थापक पुष्कर राजकार्कीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडआदिडिजिटल सुविधाहरु नि शूल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १०:५७