१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साधना लघुवित्तको खुद नाफा उल्लेख्य बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी


२१ वैशाख, काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६५.८५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिसम्म संस्थाले २१ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २५.९० प्रतिशतले धेरै हो । संस्थाको खुद सञ्चालन आम्दानी पनि ३६.८५ प्रतिशतले बढेर २६ करोड २८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ३.७७ प्रतिशतबाट बढेर ४.१० प्रतिशत पुगेको छ।

सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १९ लाख रुपैयाँ रहेकाे छ । ३८ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७७ पैसा बढेर २१ रुपैयाँ ३५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८ पैसा रहेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १०:२५