८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६५ प्रतिशतले बढ्यो

२१ वैशाख, काठमाडाैं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०९.६५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३८.५५ प्रतिशतले बढी हो । अघिल्लो आवको साेही अवधिसम्ममा कम्पनीले ५५ करोड ६९ लाख खुद बीमाशुल्क आर्जन गरेको थियाे ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । याे अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी(ईपीएस) १९.६८ रुपैयाँबाट बढेर २८.३७ रुपैयाँ कायम भएको छ । भने प्रतिसेयर नेटवर्थ २५४.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.४४ गुणा कायम भएको छ ।

प्रकाशित मिति : May 3, 2024 at 10:05 am