४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मेरो माइक्रोफाइनान्सको नाफा ८४६.३० प्रतिशतले बढ्यो, खराब कर्जा अनुपातमा गिरावट


२० वैशाख, काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो तेस्रो त्रैमाससम्ममा लघुवित्तले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४६.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १ करोड ३० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ । १ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७० करोड ९१ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको खराब कर्जा अनुपात ९.१० प्रतिशतबाट घटेर ७.६१ प्रतिशत पुगेको छ । यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड ३७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११ रुपैयाँ १९ पैसा बढेर १२ रुपैयाँ ५१ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.३२ गुणा रहेको छ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार ०९:२५