८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

सिवाईसी नेपाल लघुवित्तको नाफा २ करोड ८० लाख, यस्तो छ प्रतिसेयर आम्दानी


१९ वैशाख, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको तेस्राे त्रैमाससम्ममा लघुवित्तले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६३.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.९९ प्रतिशत घटेकाे छ । त्यस्तै, याे अवधिसम्ममा कम्पनीकाे कुल सञ्चालन आम्दानी १७.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९१.०६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १८ लाख रुपैयाँ रहेकाे छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ९.८४ प्रतिशतबाट घटेर ४.७४ प्रतिशतमा झरेको छ। २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३१ करोड १ लाख रुपैयाँ सञ्चित छ।

तेस्राे त्रैमाससम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १० रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ २ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १२३.०५ गुणा रहेको छ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १२:२४