२ असार २०८१, शनिबार | Sat Jun 15 2024

समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा भारी छुट


१६ वैशाख, काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले बैशाख १६ गते आर्सिया डेन्टल, पुतलिसडक काठमाडाैंसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले वैशाख १७ देखि समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा CIPS प्रयाेग गरी उक्त डेन्टलमा उपचार गरेको भुक्तानी गर्दा २०प्रतिशत छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ रआर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानुले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १६:५९