गुण्डा नाइके गणेश लामालाई विनाशर्त रिहा नगरे सडक र सदनमा आन्दोलन गर्ने कांग्रेसको चेतावनी
२ चैत, काठमाडौँ । नेपाली कांग्रेसले गुण्डा नाइके गणेश लामालाई बिनाशर्त रिहा गर्न माग गरेको छ । कांग्रेसले पत्रकार सम्मेलन गरी लामालाई रिहाइ नगरे सडक आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
शुक्रवार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी लामाको तत्काल रिहाइ नभए आन्दोलनमा उत्रिने नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।
आचार्यले तत्काल रिहा नभए सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिए । नियमित व्यायाम गरेर फर्कने क्रममा उनीमाथि राजनीतिक पूर्वाग्रहबाट प्रेरित भइ नियोजित षड्यन्त्र गरी गोली हानी हत्या प्रयास भएको उनले दाबी गरेका छन ।
प्रहरीले लामालाई बुधवार राति एक थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १८:३१