२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

फरवार्ड माइक्रोफाइनान्सको खुद नाफामा उछाल, प्रतिसेयर आम्दानी पनि बढ्यो


१४ वैशाख, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीकाे खुद ब्याज आम्दानी पनि ६.१६ प्रतिशतले बढेर ८७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीकाे खुद ब्याज आम्दानी ८२ करोड ७२ लाख रुपैयाँ रहेको थियाे ।

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४.०५ प्रतिशत र सञ्चालन मुनाफा १८०.०३ प्रतिशत बढेको छ। याे अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ५.८८ प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ। यद्यपि लघुवित्तको इम्पेरमेन्ट चार्ज भने ४८ करोड ५५ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ। १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्ममा लघुवित्तको वितरण योग्य मनुाफा ११ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २१ पैसा बढेर १४ रुपैयाँ ७२ पैसा रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार ०८:५३