२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरीङ सेन्टरमा भारी छुट


१३ वैशाख, काठमाडौं ।समृद्धि फाइनान्स कम्पनी लिमिटेडले वैशाख १३ गते डिलाइट टेलरीङ सेन्टर, पुतलिसडक काठमाण्डौसँग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति वैशाख १४ गतेदेखि समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरि उक्त टेलरीङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरीङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरुमार्फत नगद कारोवार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १४:४९