२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

दुई लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर


१३ वैशाख, काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

दुवै संस्थाबीच वैशाख १२ गते मर्जरसम्बन्धी अन्तिम समझदारीपत्रमा हस्ताक्षर भएको हो। मर्जरपछि बन्ने संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम हुनेछ ।

सबैको लघुवित्तको चुक्तापुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ। त्यस्तै, साधनाको चुक्तापुँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ। मर्जरपछि संस्थाको चुक्तापुँजी ७० करोड रुपैयाँ माथि पुग्नेछ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार ११:२९