१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा बढ्यो नेप्से

१३ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेको छ। अघिल्लो कारोबार दिन बुधबार ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.१८ अंकले बढेर १९७१.३६ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा २२ स्टकको ३६ लाख २९ हजार ३६६ रुपैयाँ ८० पैसाबराबरको ६ हजार ५५० कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : April 25, 2024 at 11:01 am