२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

स्वावलम्बन लघुवित्तको खुद नाफा घट्यो, यस्तो छ प्रतिसेयर आम्दानी


१२ वैशाख, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुत अघिल्लो आवको सोहि अवधिको तुलनामा १.३५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १२ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २.२७ प्रतिशतले घटेर १ अर्ब २ करोड रुपैयाँ कायम भएकाे छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीकाे खुद ब्याज आम्दानी १ अर्ब ४ करोड रुपैयाँ रहेकाे थियाे ।

तेस्रो त्रैमाससम्म संस्थाले ९१ करोड ९६ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.१६ प्रतिशतले कम हो । कम्पनीकाे वितरणयोग्य मुनाफा ११ करोड ५७ लाख रुपैयाँ बराबर छ । १ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म कम्पनीकाे प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५२ पैसा घटेर १० रुपैयाँ ९१ पैसामा सीमित भएको छ। त्यस्तै, कम्पनीकाे  मूल्य आम्दानी अनुपात ७१.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार ०९:४८