आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
९ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइताबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आइतबार नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४ को विन्दुमा बन्द भएकाे छ ।
आज गुर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको यस दिन १० करोड २१ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख २९ हजार रुपैयाँ, पिपुल्स पावरको ७ करोड १९ लाख २३ हजार रुपैयाँ, रुरु जलविद्युत परियोजनाको ६ करोड ८८ लाख २९ हजार रुपैयाँ र पोखरा फाइनान्सको ६ करोड ६५ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:15









