११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

ज्योति विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

५ वैशाख, काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। छ।

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि १.७५ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६७ करोड रुपैयाँमा सिमित थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य आम्दानी ८ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ।

४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६.१२ रुपैयाँबाट घटेर ४.६२ रुपैयाँमा सीमित बनेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ।

प्रकाशित मिति : April 17, 2024 at 10:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/