१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

अव विकासको गति तीव्र बनाउछाैँ: प्रधानमन्त्री ओली

१० मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अव विकासको गतिलाई तिव्र रुपमा अघि बढाइने बताएका छन् । सोमबार सिंहदरबारमा सरकारले गठन गरेको मानव शंसाधन प्रक्षेपण कार्यदलको बैठकलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । विकासलाई द्रुत गतिमा कसरी अघि बढाउनु पर्दछ भन्ने सरकारलाई जानकारी रहेकाे बताउँदै प्रधानमन्त्री ओलीले छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा  जनतालाई विश्वास हुनेगरी देखाउने प्रतिबद्वता समेत जनाए ।

प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको समेत बताए । प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन पनि दिएका छन् । समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, मन्त्रालयहरुले पनि योजना बनाउने भएकोले यसलाई त्रुटीरहित बनाउन प्रधानमन्त्रीले अाेलीले निर्देशन दिए । तथ्यका आधारमा, योजनवद्ध रुपमा काम गर्नसमेत अाग्रह गरे।

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ भनेर तथ्यगत अध्ययन गर्न गत असोज २८ गते डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो । समितिका सदस्यहरुमा डा.माधव दाहाल, डा.इन्दिरा पराजुली, डा.विश्ववाला थापा, डा.विजय दत्त, डा. ध्रुव गौतम र डा.राजेश अहिराज छन् ।

 

प्रकाशित मिति : November 26, 2018 at 2:21 pm