८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

झापामा अागलागीमा परि एकै परिवारका चार जनाको मृत्यु, अागलागीको कारण खुलेन

१० मंसिर, झापा । अागलागीमा परी झापामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार जिल्लाको शिवसताक्षी नगरपालिका ७ मा आगलागीमा परी स्थानीय ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको हो ।

प्रतिकात्मक तस्बीर ।

उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट जस्ताले छाएको दुई तले घर पनि क्षतिग्रस्त भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको र अन्य क्षतिको एकिन विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ०८:१२