१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व कांग्रेसले लिनुपर्छः उपसभापति गुरुङ

२४ चैत, मोरङ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने धारणा राखेका छन । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ ट्रेड युनियनको ११औँ केन्द्रीय परिषद्को भेला उद्घाटन गर्दै उनले पार्टीका सबै कार्यकर्ता लोकतन्त्र र सङ्घीयताको प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दिए । उहाँले मुलुकमा सत्ता समीकरण परिवर्तन हुनु सामान्य भएको भन्दै यस विषयमा धेरै चिन्ता लिनु आवश्यक नभएको चर्चा गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार २१:०८