१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा खटाइएका  इञ्जिनीयर गाउँ नबसे कारवाही हुन्छः अधिकृत ज्ञवाली

९ मंसिर,काभ्रेपलान्चाेक ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा खटाइएका इञ्जिनीयर गाउँ नबसे तत्कालै कारवाही गरिने बताउनुभएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)द्वारा आज धुलिखेलमा आयोजित जिल्लास्तरीय नीजि अवास पुनःनिर्माणसम्बन्धी दुई दिने समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले स्थानीय जनप्रतिनिधिले आफ्ना क्षेत्रमा इञ्जिनियर तथा अन्य प्राविधिक नबसेको जानकारी दिए तत्कालै कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिकहरु गाउँमा बस्नैपर्छ, यदि नबसेको भए जानकारी दिनुस्, तत्कालै कारवाही गर्छु ।”

ज्ञवालीले भूकम्पपीडितका बैङ्क खातामा गएको अनुदान रकम बैङ्कले विभिन्न बहानामा झुलाउने गरेको गुनासो पनि आएकाले त्यसबारे तत्कालै अनुगमन, छानबिन गरिने बताउनुभयो । उहाँले प्राधिकरण र नेपाल राष्ट्र बैङ्कसँग यसबारे छलफल भैसकेको बताउँदै राष्ट्र बैङ्कका प्रतिनिधि र प्राधिकरणको प्रतिनिधि टोलीले छानबिन शुरु गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जिल्लामा बस्ती स्थानान्तरणको समस्या देखिएकाले प्राधिकरणले यसप्रति चासो दिनुपर्ने बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)का प्रमुख लोकनाथ रेग्मीले जिल्लाका ६८ हजार ७७३ भूकम्पपीडित परिवारमध्ये हालसम्म ३२ प्रतिशतले तेस्रो किस्ता अनुदान लिइसकेको जानकारी दिनुभयो

प्रकाशित मिति : November 25, 2018 at 7:53 pm