२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

नेष्डो समृद्ध लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने


२२ चैत, काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई बोनस तथा नगद लाभांश वितरण नगर्ने निर्णय गर्दै आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्शान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसुचीहरु सहित वित्तीय विवरणहरु स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १०:३८