२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

दुई लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर


२० चैत, काठमाडौँ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच मर्जरका लागि चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुवै कम्पनीको गत चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । यी दुइ कम्पनीबीच १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने भएका छन् । हाल जाल्पा लघुवित्तको चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ भने किसान लघुवित्तको चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार पाँच सय रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १२:०३