प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यो नेप्से
२० चैत, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.४७ अंकले बढेर २०१४.५४ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३६ स्टकको १५ लाख ६४ हजार ९३८ रुपैयाँबराबरको २ हजार ३६० कित्ता सेयर कारोबार भएको छ।
प्रकाशित मिति : April 2, 2024 at 10:59 am









