२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

साना किसान लघुवित्तको ३० हजार कित्ता सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य


१९ चैत, काठमाडौँ। साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले केही सेयर लिलामीमाफर्त बिक्रीमा राखेको छ । साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर आजदेखि  बक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ३३० रुपैयाँ तोकिएको छ । सो सेयरमा  साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकहरुले न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि खरिद आवेदन पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले एनआईशी एशिया क्यापिटलको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु झापा,इटहरी,बर्दिवास,हेटौडा,गजुरी,पोखरा,बुटवल,नेपालगंज,विरेन्द्रनगर,बबरमहल,लहान र अत्तरिया शाखा कार्यालयहरुमा वैशाख २३ गतेसम्म  बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १०:२०