७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

छुरी हानी बिकी लिम्बूको हत्या गर्ने काठमाडाैँ तारकेश्वरका महेश परियारसहित दुर्इ पक्राउ

८ मंसिर, काठमाडाैँ । सामान्य विवादमा छुरी हानी बिकी लिम्बूको हत्या गर्ने काठमाडाैँ तारकेश्वरका महेश परियारसहित दुर्इ पक्राउ परेका छन ।  काठमाडाैँ तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्गालका महेश परियार र हेटौंडाका मनिष बानियाँलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको एसएसपी धीरजप्रताप सिंहले बताएका छन ।

छुरा प्रहारबाट घाइते भएका मोरङ ऊर्लाबारीका २७ वर्षीय बिकी लिम्बूको उपचारकाे क्रममा सिभिल अस्तपतालमा ज्यान गएकाे थियो।दिउँसाे तीनकुनेकाे गैरीगाउँमा छुरा प्रहारबाट घाइते भएका अनिल श्रेष्ठकाे वीर अस्पतालमा उपचार भइरहेकाे छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार २१:०९