१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१५ चैत, काठमाडाैँ । गोखार्ज फाइनान्स लिमिटेडको ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै १००० विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको छ ।

हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा समेत वित्तीय चेतनालाई वृद्धि गर्दै समाजमा बैंक वित्तीय संस्थाप्रति विश्वास दिलाउन अन्य यस्तै प्रकारका कार्यक्रमहरु आयोजना गरिने जानकारी प्रमुख कार्यकारी अधिकृतश्री सन्तोष कुमार घिमिरेले दिए ।

प्रकाशित मिति : March 28, 2024 at 12:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/