७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा रूद्रसिंह तामाङ (सदस्यको नामावलीसहित)

८ मंसिर, काठमाडाैँ । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेश्रो साधारण सभाबाट सहसचिव रूद्रसिंह तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचाैरमा भएको साधारणसभाले तामङलार्इ अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

साधारणसभाले वरिष्ठ उपाध्यक्षमा उदय रानामगरलार्इ चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा कृष्ण पुडासैनी, सचिवमा केशरबहादुर पण्डित, सहसचिवमा राजु प्याकुरेल र कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी चयन भएको कार्यसमिति सदस्य विष्णुहरि रेग्मीले दैनिकीलार्इ जानकारी दिए ।

१७ सदस्यीय कार्यसमितिको सदस्यहरूमा जंगबहादुर अर्याल, विष्णुहरि रेग्मी, कृष्णराज खतिवडा,  माधव शर्मा, सञ्जु श्रेष्ठ, सुरज अर्याल, भीमबहादुर रोक्का, बद्रीराज खड्का, बद्रीप्रसाद अर्याल, नारायण श्रेष्ठ र गोपी अधिकारी चयन भएका छन ।

साधारणसभाले सर्वसम्मत रूपमा पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा नेपाल सरकार पूर्व सचिव तुलसीप्रसाद सिटाैला, समाजका निवर्तमान अध्यक्ष केदारनरसिंह केसी, वासुदेव गुरागार्इ, सुदर्शन भण्डारी र रेशमबहादुर पाण्डे सदस्य रहेका छन ।

 

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार १९:५५