१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

ढाडमा अाएको ट्युमरले थलिएका नुवाकोटका वासुदेवलार्इ कोरियामा रहेका नेपालीको सहयोग

८ मंसिर, काठमाडाैँ । ढाडमा अाएको ट्युमरले थलिएका नुवाकोटका वासुदेव तिमल्सिनालार्इ कोरियामा रहेका नेपालीले अार्थिक सहयोग गरेका छन ।  विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुटार घर भएका वासुदेव तिमल्सिनाको उपचारका लागि किस्पाङ–३ काउले नुवाकोटका शिवप्रसाद भट्टको अगुवाइमा संकलन भएको ९२ हजार रूपैयाँ शनिबार पीडित २३ वर्षीय तिमल्सिनालार्इ हस्तान्तरण गरिएको छ । भट्ट लगायतले कोरियामा संकलन गरेको नेपाली ९२ हजार रूपैयाँ नेकपाका युवा नेता विनोद न्याैपानेले पीडितलार्इ कोठामै गएर प्रत्यक्ष रूपमा हस्तान्तरण गरेका हुन ।

अार्थिक अभावमा उपचारमा समस्या झेलिरहेका वासुदेवले जीवन रक्षाका निम्ति भट्ट र न्याैपानेको समन्वयमा पैसा पाएपछि अाफूलार्इ बाच्ने अाशा अझै बढेको बताए । धेरै महंगो अाैषधि सेवन गर्नुपरेका कारण अाफ्नो परिवारको अार्थिक हैसियतले उपचार सम्भव नभएपछि अाफूले सहयोग यचाना गरेको भन्दै उपचारबाट अाफू सामान्य बन्दै गरेको बताएका छन ।

उनले अाफ्नो स्वास्थ्यलाभको कामना गर्ने र अार्थिक सहयोग गर्ने सबैलार्इ धन्यवाद समेत दिएका छन । तिमल्सिना झन्डै तीन बर्ष अगाडिदेखि ब्रेन ट्युमरको समस्याबाट पीडित रहेकोमा १८ महिनादेखि फेरि ढाडमा पनि ट्युमर अाएपछि झनै पीडित बनेका थिए । पीडित तिमल्सिनाको एक श्रीमति र एक छोरा रहेका छन ।

यता सहयोग हस्तान्तरण गरेपछि नेकपाका युवा नेता न्याैपानेले एक जनालार्इ अफ्ठेरो पर्दा सहयोग गर्ने नेपाली परम्परा अनुसारनै अाफूहरूले सहयोगका निम्ति पहलकदमी लिएको भन्दै तिमल्सिनालार्इ उपचारका निम्ति सहयोग गर्न पाउँदै खुशी लगेको भन्दै चाँडै निकोहोस भन्ने कामना गरे । न्याैपानेले नुवाकोटका धेरै त्यस्ता उपचार गर्न नसक्ने बिरामीलार्इ अार्थिक सहयोग जुटाएर सहयोग गर्दै अाएका छन । उनी हाल शिक्षामन्त्री गरिराजमणि पोखरेलको निजी सचिव समेत हुन ।

प्रकाशित मिति : November 24, 2018 at 5:22 pm