१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मुद्दती निक्षेपमा २ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

८ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा झण्डै २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैङ्कमा १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैङ्कहरूमा २८ करोड ६६ लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ९ करोड ५५ लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले २०८० चैत ८ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ०९:४७