२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता सेयर बिक्रीमा


७ चैत, काठमाडौँ । महिला लघुवित्तले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले लघुवित्तका ९ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा रहेको सेयरमा कम्पनीको संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरु सूचना प्रकाशन भएको मितिले (चैत ७ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, साँगा काभ्रेपलाञ्चोक तथा सेयर रजिष्टर्ड नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै,  तोकिएको समयमा सो सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १४:५२