५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सेयरधनीको हात खाली बनाउँदै मनकामना स्मार्ट लघुवित्तले बोलायो साधारण सभा


७ चैत, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत २९ गते रुपन्देहीमा रहेको होटल पौवामा छैठौं साधारण सभा बोलाएको हो । उक्त सभामा लाभांशको कुनै पनि एजेण्डा पेश गरिने छैन । यो बर्ष सेयरधनीको हात खाली हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब लगायतका अन्य वित्तीय विवरणहरु पारित गरिनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ चैत १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १४:४०