१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

राष्ट्र बैंकमा रोजगारीको अवसर, मासिक तलब सवा लाखभन्दा बढी

७ चैत, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लागि दोस्रोपटक दरखास्त आह्वान गरेको छ ।  यसअघि फागुन १४ मा सूचना जारी गर्दै दरखास्त माग गरे पनि आश्यकताअनुसारको दरखास्त नपरेका कारण पुनः दरखास्त आह्वान गरेको बैंकले जनाएकाे छ ।

माग गरिएको उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नाकोत्तर गरेको र बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने जनाइएको छ ।

सेवाअवधि एक वर्षको हुनेछ भने कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुईपटकसम्म नवीकरण गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ । दरखास्त चैत १३ गतेसम्म दिन सकिनेछ । छनोट भएका व्यक्तिको तलब मासिक एक लाख २६ हजार ३०० (करसहित) हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १०:०५