५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

प्रतिकित्ता ५ सयमा छिमेक लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारले पनि किन्न पाउने


६ चैत, काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीका तर्फबाट आवेदन नपरेको १ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र मध्य बानेश्वर काठमाडौँमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सेयर खरिद गर्न आवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १०:१५