७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

लाभांश प्रस्ताव पारित गर्न सलिको इन्स्योरेन्सले बोलायो साधारण सभा

६ चैत, काठमाडौँ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य एजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले चैत २७ गते  काठमाडाैँकाे डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा २७ औं वार्षिक साधारण सभा बाेलाएकाे हो ।

सभा बिहान १० बजेबाट सुरू हुनेछ ।  सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । साथै, सभामा सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ चैत १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार ०९:४७