११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

बीमामा आबद्ध अस्पतालले तीन दिनसम्म विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने

५ चैत, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ ।

बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई परिपत्र जारी गर्दै नियमित ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेकी हुन्। उनका अनुसार एक सय शय्यासम्मको अस्पतालले हप्तामा एक दिन, दुई सय शय्या सम्मको अस्पतालले हप्तामा दुई दिन र तीन सय शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने छ ।

साथै सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको अवस्थामा विशेषज्ञको सहयोग लिनका लागि नजिकको विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने बोर्डका शाखा अधिकृत अर्यालले बताइन् । उनका अनुसार हाल बोर्डमा करिब चार सय ४० अस्पताल आबद्ध छन् ।

प्रकाशित मिति : March 18, 2024 at 2:53 pm