१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

महुली लघुवित्तले बोलायो साधारण सभा, सेयरधनीको हात खाली


४ चैत, काठमाडौँ । महुली लघुवित्तले चैत २६ गते ११ औं वार्षिक  साधारण सभा बोलाएको छ । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पारित हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ चैत १३ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले मात्र सभामा सहभागि  हुन सक्नेछन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार ११:५०