१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु


३० फागुन, काठमाडौँ । नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । यी कम्पनी एक आपसमा मर्ज भएर आज फागुन ३० गते बुधबारबाट एकीकृत कारोबार सुरु भएको हो । यी दुवैकम्पनी मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो ।

दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् ।दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेका छन् । यस्तै, धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १२:३२