७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

२९ फागुन, काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।

धितोपत्र बोर्डबाट अनुमति पाएमा कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ । कम्पनीकाे पुस २९ गते बसेको छैठौं वार्षिक साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १७:५३