हामीले गाँजा खेतीका लागि कानुन बनाइरहेका थियाैँः डा प्रकाशशरण महत (भिडियो)
२९ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले अर्थमन्त्रीको रूपमा गाँजा खेतीको कानुन र कार्यबिधि बनाउने काम गरिरहेको र अन्तिम अवस्थामा पुगेको बताएका छन । नेपाली कांग्रेसको तर्फबाट पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै सरकारले उपलब्धि हाँसिल गर्न नसक्नुमा आफ्नो कुनै भूमिका नभएको र धेरै काम भैरहेको बताएका छन । उनले आफूले गरेको काममा गर्व रहेको बताए ।
पूर्व अर्थमन्त्री महतले कर उठाउनका लागि समेत आफूले महत्वपूर्ण काम गरेको बताए । उनले प्रधानमन्त्रीले कपोलकल्पित आरोप लगाएको भन्दै उनले दुखेसो गरे । प्रधाननमन्त्रीले लगाएको आरोप ठाडै अस्वीकार गर्ने बताए । उनले कानुन विपरित पैसा खर्च नमान्दा विभिन्न आरोप लागेको बताए । उनले आफ्नो कारणले सरकारले काम गर्न नसकेको र उपलब्धि प्राप्त नगरेको भन्ने आरोपमा कुनै सदस्यता नरहेको बताए ।
प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १४:२५