नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि ७ जनाले दिए आवेदन
२८ फागुन, काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि ७ जनाले आवेदन दिएका छन् । कम्पनीले फागुन ७ गते आवेदन माग गर्दै सूचना जारी गरेको थियो । अन्तिम दिन फागुन २७ गतेसम्म सीईओका लागि ७ जनाले आवेदन दिएका हुन् ।
सीईओका लागि दामोदर भण्डारी, नारायण कुमार भट्टराई, शेखर बराल, उज्ज्वलराज अर्याल, श्रीमान कार्की, सुरेन्द्र थापा र बुद्धकाजी श्रेष्ठले आवेदन दिएका हुन् ।
प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार १२:३२