१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने माओवादीकाे निर्णय

२७ फागुन, काठमाडाैं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाललाई बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको  । दाहाल प्रधानमन्त्री प्रचण्डका भाइ हुन् ।

६ वर्ष कार्यकाल भएका झक्कुप्रसाद सुवेदी उम्मेदवारको रूपमा चर्चामा आएका भए पनि ४ वर्षको कार्यकाल भएका दाहाललाई माओवादीले उम्मेदवार बनाएको हो । फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि भोलि बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १९:५१