१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

८८ किलो सुन तस्करी प्रकरणः भारियालार्इ ४३ करोड जरिवाना र कैद, कांग्रेस नेतालार्इ सफाइ

७ मंसिर, काठमाडाैँ । जिल्ला अदालत काठमाडाैँले ८८ किलो सुन तस्करी प्रकरणमा फरार रहेका चिनियाँ दम्पती र एक भरियालाई मात्र दोषी ठहर गर्दै कांग्रेस नेता लगायत १० जनालार्इ सफाइ दिएको छ । जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले फरार रहेका व्यक्तिलाई दोषी देखाउँदै अन्यलाई उन्मुक्ति दिएको हो।

मंसिर ४ को इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित ३ वर्ष जेल सजाय फैसला गरेको छ । उनले बयानको क्रममा आफू केरुङबाट समान ल्याउने भरिया मात्र भएको बयान दिएका थिए। तर अदाललते उनलाई मुख्य अभियुक्तको रुपमा फैसला सुनाएको छ। पोखरेलको इजलासले चिनियाँ नागरिकद्वय याङ वइमिङ र पान वइमिङलाई भने जनही ४३ करोड ७० लाख रुपैयाँ जनिवानासहित ५ वर्ष कैद फैसला सुनाएको छ।

नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका मानबहादुर तामाङ लगायत १० जनाले भने सफाइ पाएका छन । ८८ किलो सुन तस्करीमा उनी चिनियाँ नागरिकसँग नियमित सम्पर्कमा रहेको भन्दै प्रहरीले २०७४ असोज ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो।प्रनिनिधिसभा निर्वाचनका लागि उनी समानुपातिक सूचीमा परेका थिए। उनी नेपाल–केरुङ व्यापार संघका अध्यक्षसमेत थिए। तर पछि उनी धरौटीमा छुटेका थिए । अहिले अदालतले उनलार्इ उनमुक्ति दिएको छ ।

अदालतले पाँच सुन व्यापारीलाई पनि उन्मुक्ति दिएको छ । ८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन व्यवसायी असोज ४ गते पक्राउ परेका थिए। उक्त अभियोगबाट उनीहरुले पनि सफाइ पाएका छन्।जिल्ला अदालतबाट सफाइ पाउनेमा काठमाडौंको रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीसिथ्त राविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खानीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले छन्। रविश्याम ट्रेडर्सका अग्रवाल यसअघि पनि अवैध सुन खरिद आरोपमा मुछिएका थिए।

प्रकाशित मिति : November 23, 2018 at 12:27 pm