५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

१०० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने


२७ फागुन, काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखेको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । सो सेयर जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि चैत १२ गतेभित्र आवेदन दिन सकिनेछ ।

इच्छुक संस्थापक सेयरधनीले नारायणचौर नक्सालमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आईपुग्ने गरी के कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १०:१३