५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्दै नेरुडे र मिर्मिरे लघुवित्त


२७ फागुन, काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

यी दुई लघुवित्तले एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। यी दुई लघुवित्त १ः१ काे स्वाप अनुपातमा एक आपसमा गाभिएका हुन्।

नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ । यसैगरी, धितोपत्र बोर्डले पनि कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिइसकेको छ । गत बैशाख १० गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेका हुन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार ०९:३८