१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने


२३ फागुन, काठमाडौँ। नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिीय संस्था लिमिटेडले  एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट एकीकृत कारोबार सुरू गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेको छ ।यस्तै, धितोपत्र बोर्डले पनि कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिएको हो । दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुन लागेकाे हाे ।

आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा न ८ साविकको मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय रहेको भवनमा रहने छ ।

फागुन २९ गतेदेखि सेयर लगत एकिकरण लगायत पुनःसूचीकरण नभएसम्मका लागि सेयर कारोबार बन्द रहने संस्थाले जनाएको छ । यस्तै एकीकृत कारोबार सुरु गर्दा संस्थाको तथ्यांकहरुलाई एउटै सफ्वेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवगस्था मिलाउनुपर्ने भएकाले फागुन २९ गते दुवै संस्थाको सम्पूर्ण कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०९:२४