१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मोबाइल एप्लिकेशन र इन्टरनेट बैंकिङबाट गरिने कारोबारको सीमा निर्धारण


२२ फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मोबाइल एप्लिकेशन र इन्टरनेट बैंकिङद्वारा गरिने कारोबार रकमको सीमा निर्धारण गरेको छ । राष्ट्र बैंकले वित्तिय चेतना जारी गर्दै मोबाइल एप्लिकेशन (क्यूआर कोड समेत) बाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने जनाएकाे हाे ।

यस्तै, इन्टरनेट बैंकिङ प्रणालिमार्फत दैनिक २० लाख रुपैयाँसम्म वित्तीय कारोबार गर्न सकिने पनि केन्द्रीय बैंकले जनाएको छ । तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेसन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानी गर्न, विद्युत् सेवा दूरसञ्चार सेवा, खानेपानी सेवा, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न, धितो पत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितो पत्र दलालहरूसँग धितोपत्रको कारोबार गरेबापत अनुमतिप्राप्त तोकिएबमोजिमका विशेष भुक्तानी सेवा लागि यो सीमा लागु नहुने  राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १२:२६