५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

अपर हेवाखोला हाइड्रोको साधारणसभा चैत्र १६ मा, यस्तो छ बुकक्लोज मिति

२२ फागुन, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले चैत्र १६ गते १२औं वार्षिक साधारणसभा बाेलाएकाे छ । सभा शुक्रबार, युनियन हाउस, अनामनगर–काठमाठौंमा बिहान ११ बजे बस्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि सभाले तोक्नेछ । साथै, सर्वसाधरण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको रिक्त रहेको पदमा बाँकी अवधिको लागि सञ्चालक नियुक्ति गर्ने एजेन्डा छ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले कम्पनीको साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ०९:५९